५० मन्त्री हटाउने र १७८ नियुक्ति कटाउने माल्दिभ्सका राष्ट्रपतिको घोषणा


२०८१ असोज २९ मंगलबार ०६:१६ बजे

काठमाडौँ । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जूले आर्थिक सुधारको एजेण्डा घोषणा गर्दै विभिन्न मन्त्री र राजनीतिक नियुक्ति पाएका २२८ जनालाई हटाउने घोषणा गरेका छन् ।  राष्ट्रपति मुइज्जूले विभिन्न सरकारी मन्त्रालयका २२८ राजनीतिक नियुक्तिलाई १५ दिनभित्र हटाउन निर्देशन दिएको बताए । 

उनले भनेका छन्, ‘यसमा ७ राज्यमन्त्री, ४३ उपमन्त्री, १०९ वरिष्ठ राजनीतिक निर्देशक र ६९ राजनीतिक निर्देशकहरू समावेश छन् । यसले सरकारी बजेटबाट हरेक महिना ५.७१४ मिलियन आरएफ (माल्दिभ्स मुद्रा) बचत गर्नेछ ।’

पछिल्ला दिनमा माल्दिभ्सले आर्थिक संकट बेहोर्दै आएको छ । हालै विश्व बैंकले पनि माल्दिभ्सले आर्थिक मोर्चामा धेरै चुनौतीहरुको सामना गरिरहेको बताएको थियो । यस्तो अवस्थामा माल्दिभ्सलाई व्यापक आर्थिक सुधारको तत्काल कार्यान्वयन आवश्यक रहेको सुझाव विश्व बैंकले दिएको छ । एजेन्सी
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७