पक्राउ परेका कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी छुटे
काठमाडौं । प्रहरीले पक्राउ गरेका सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी छुटेका छन् । उनलाई पक्राउ गरेको केहीबेरमै प्रहरीले रिहा गरेको हो ।
निर्मला कुर्मी प्रकरणमा लुम्बिनीका मन्त्री बादशाह कुर्मीमाथि कारबाही हुनुपर्ने मागसहित बालुवाटारमा रुवि खानलगायतको प्रदर्शनमा धरपकडको क्रममा हुलमुलमा प्रहरीले शिवाकोटीलाई पनि पक्राउ गरेको बताइएको छ ।महानगरीय प्रहरी वृत्त मालिगाउँमा पुर्याइएका उनी केहीबेरमै छुटेको मालिगाउँका डीएसपी सुनीलजंग शाहले जानकारी दिएका छन् ।