इरानले भन्यो– ह्वाइट हाउसमा जोसूकै बसून्, हामीलाई त्यसले कुनै अर्थ राख्दैन


१३:२१ बजे

काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै इरानले त्यसले आफूहरूलाई ठूलो असर नपार्ने बताएको छ । ट्रम्पको विजयसँगै इरानमाथि लाग्ने प्रतिबन्ध बढाइन सक्ने चिन्ता कतिपयले व्यक्त गर्दै आएका छन् ।

यसका कारण इरानको अर्थव्यवस्था र सामाजिक व्यवस्थासमेत प्रभावित हुने चिन्ता कतिपयको थियो । इरान सरकारका प्रवक्ता फतेमेह मोहजेरानीले सरकारी टीभी च्यानल आईआईबीमा प्रतिक्रिया दिँदै ट्रम्पको विजयले इरानमाथि पर्ने सम्भावित प्रभावलाई अस्वीकार गरेका छन् ।

‘अमेरिकी राष्ट्रपति चुनाव हाम्रो लागि ठूलो अर्थ राख्दैन । अमेरिका या इरानमा सरकार बदलिँदैमा धेरै कुरा बदलिनेवाला छैन,’ उनले भनेका छन्, ‘ह्वाइट हाउसमा जो बसे पनि त्यसले हाम्रा जनताहरूको जीवनमा प्रभाव पार्दैन ।’ ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सन् २०१६ मा इरानसँगको परमाणु सम्झौता अन्त्य गरिदिएका थिए । इरानसँगको परमाणु सम्झौता बराक ओबामाको कार्यकालमा भएको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७