चिनियाँ विमान पोखरामा अवतरण गर्दै, को आउँदै छन् ?


१३:२३ बजे

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पिआइए) मा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको चीनको सिचुवान एयरलाइन्सले १७ महिनापछि पुनः दोस्रो उडान गर्दैछ । विमानस्थल सञ्चालनमा आएको १७२ औं दिनमा  (६ असार ०८० मा) सिचुवानले पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो ।

चीनको छेन्दु विमानस्थलबाट आएको सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ विमानले चार्टर्ड उडानमार्फत पोखरामा अवतरण गरेको थियो । १७ महिनापछि कुनमिङ विमानस्थलबाट आउने एयर बस ३१९ विमान बिहीबार दिउँसो १४ः४० मा पोखरामा अवतरण गर्नेछ । सो विमान दिउँसो १६ः१५ बजे काठमाडौंका लागि उड्ने विमानस्थलकी सूचना अधिकारी जसोदा सुवेदीले जानकारी दिएकी छन् ।

नेपाल र चीनबीचको पर्यटन र मित्रतालाई थप सुदृढ बनाउने उद्देश्यसहित २४ कात्तिकमा पोखरामा हुने तेस्रो संस्करणको ‘पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिता’ मा सहभागी हुन आउने चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शक र अन्य व्यक्तिहरू चार्टर्ड उडानमार्फत  पोखरा आउन लागेका हुन् । 

प्रतियोगिताका आयोजकमध्येको एक हिमालयन टुरिजम फोरमका अध्यक्ष विश्व शंकर पालिखेले विमानबाट एक सय ३४ जना यात्रु पोखरा आउने जानकारी दिए । प्रतियोगितामा नेपाल र चीनका खेलाडीहरूले प्रतिस्पर्धा गर्ने उनको भनाइ छ । यसअघि ८ र ९ असार ०८० मा पोखराको फेवातालमा सम्पन्न दक्षिण एसियामै पहिलो पटक नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३ मा सहभागी हुन चिनियाँ टोली आएका थिए । यो नै पोखरामा भएको पहिलो अन्तर्राष्ट्रिय उडान हो ।

१७ पुसमा ०७९ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेको विमानस्थल ११ फागुन ०८० मा इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) लागू भएपछि अन्तर्राष्ट्रिय उडान र रात्रिकालीन उडानका लागि तयार भएको थियो । १८ फागुन ०७९ देखि रात्रिकालीन उडान सुरु भएको विमानस्थलमा चार्टर्ड उडान भए पनि नियमित अन्तर्राष्ट्रिय उडान कहिलेबाट हुन्छ भन्नेमा हालसम्म कुनै अत्तोपत्तो छैन । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७