३८ किलो सुनकाण्डको प्रतिवेदन सार्वजनिक गर्छु : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३८ किलो सुनकाण्डको प्रतिवेदन सार्वजनिक गर्ने बताएका छन् । उनले प्रतिवेदनका विषयमा आफूलाई केहि लिनु दिनु नरहेको समेत बताएका हुन् ।
’गृहका सहसचिव इश्वर पौडेलको नेतृत्वमा बनेको छानिबन समितिको प्रतिवेदन सार्वजनिक गर्दा राजनीतिमा अप्ठयारो पर्ने भएर हो कि ?’ भनि सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘मलाई केहि लिनु दिनु छैन्, प्रतिवेदन म सार्वजनिक गर्छु ।’
ओसारपसार गर्ने र गराउनेले नै ३८ किलो सुन खोई भन्दै सोध्ने गरेको समेत उनले बताएका छन् । ‘पहिला म प्रधानमन्त्री हुँदा नै ३८ किलो सुन पास भएको रहेछ, सबै कुरा डाइजेस्ट भएर फेरि आफ्नो धन्दा चालु थियो,’ उनले थपे, ‘मैले त्यसको खोज अध्ययन गरे । दोषीलाई कारवाही गरे । ३८ किलो सुन खोइ भने ?’ अवैध रूपमा सुन ओसारपसार गर्ने र गराउनेले नै आफूलाई ३८ किलो सुन खोई भन्दै सोधेको ओलीले बताए । ‘जसले कारोबारी र भरियालाई पक्रेर कारवाही अघि बढायो उसैलाई सोध्ने ? उनले भने ।