कानुनको परिधिमा रही कार्यसम्पादन गर्न प्रधानसेनापतिको निर्देशन


२०८१ कार्तिक २९ बिहीबार ०४:१९ बजे

काठमाडौं । प्रधानसेनापति  अशोकराज सिग्देलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको परिधिमा रही कार्यसम्पादन गर्न कानुन अधिकृतलाई निर्देशन दिएका छन् ।

नेपाली सेना प्राड विवाक स्थापनाको ६२औं वार्षिकोत्सवका अवसरमा  आयोजित चारदिने कानुनी गोष्ठी समापन कार्यक्रममा उनले कानुन अधिकृतले आफूलाई प्राप्त जिम्मेवारी कानुनी मापदण्डभित्र रहेर सम्पन्न गर्नुपर्ने बताए । सेनामा कार्यरत कानुन अधिकृतको सैनिक न्यायप्रणाली तथा कानुन कार्यान्वयनसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यका साथ हरेक वर्ष उक्त गोष्ठी आयोजना हुँदै आएको छ ।

प्राड विवाकका महानिर्देशक उपरथी जीवनप्रसाद दाहाल, पूर्वप्रमुखहरू, नेपाल प्रहरी र महान्यायाधिवक्ता कार्यालयका प्रतिनिधि, उच्च अदालतका पूर्व न्यायाधीशलगायत विषयविज्ञबाट सम्बद्ध विषयमा प्रस्तुतीकरण भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७