कांग्रेसको विभागमा देउवाद्वारा यी १० सदस्य मनोनयन


२०८१ कार्तिक २९ बिहीबार ०३:५७ बजे

काठमाडौं । नेपाली कांग्रेसको दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा १० सदस्य मनोनयन गरिएको छ । कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य लक्ष्मी परियार प्रमुख रहनुभएको उक्त विभागमा आज १० सदस्य मनोयन गरेका हुन् ।

मनोनयन हुनेमा रामकृष्ण लकान्द्री (तेह्रथुम), दीपक सोनी (दैलेख), कलावती पासवान (बारा), विपेन्द्र रामुदामु (चितवन), कुमार टेलर (डोटी), शान्ता सुनार (धादिङ), प्रकाश घतानी (काठमाडौँ), सुनिल बुढाथोकी (पाल्पा), कुमारी सार्की (कैलाली) र केदार गान्धारी (गोरखा) रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७