ट्रम्पले रोबर्ट एफ केनेडी जुनियरलाई बनाए स्वास्थ्यमन्त्री


२०८१ कार्तिक ३० शुक्रबार १२:३४ बजे

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नेतृत्वको सरकारको स्वास्थ्य तथा मानवसेवा (एचएचएस) मन्त्रीमा रोबर्ट एफ केनेडी जुनियर (आरएफके जूनियर)लाई चयन गरेका छन् । उनी अमेरिकी पूर्व राष्ट्रपति जोन एफ केनेडीका छोरा हुन् ।

हालै भएको निर्वाचनमा अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका ट्रम्पले स्वास्थ्य तथा मानवसेवा मन्त्रीको उम्मेदवारको रुपमा जूनियरलाई पाउँदा खुसी व्यक्त गरेका छन् । ‘धेरै लामो समयदेखि, अमेरिकीहरू औद्योगिक फूड कम्प्लेक्स र औषधि कम्पनीहरूले कुचलेका छन् जसले सार्वजनिक स्वास्थ्यको कुरा गर्दा छल, गलत सूचना र विकृतिमा संलग्न छन् ।’

ट्रम्पले नोभेम्बर १४ मा सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै लेख्छन्, ‘हानिकारक रसायनहरू, प्रदूषकहरू, कीटनाशकहरू, औषधि उत्पादनहरू, र यस देशमा अत्यधिक स्वास्थ्य संकटमा योगदान पुर्‍याउने खाद्य पदार्थहरूबाट सबैलाई जोगाउन मद्दत गर्न एचएचएस ले ठूलो भूमिका खेल्नेछ ।’ १९७९ मा सिर्जना गरिएको एचएचएसले १३ अलग–अलग एजेन्सीहरूको निरीक्षण गर्दछ । यीमध्ये सबैभन्दा प्रसिद्ध रोग नियन्त्रण र रोकथाम केन्द्र (सिडिसि), खाद्य र औषधि प्रशासन (एफडिए), र राष्ट्रिय स्वास्थ्य संस्थानहरू हुन् । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७