गृहमन्त्रीका नक्कली ‘पिए’ पक्राउ


१७:१० बजे

काठमाडौं । गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी-प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गृहमन्त्री लेखकको पिए बताउँदै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्टलाई काठमाडौंबाट बिहीबार पक्राउ गरिएको उनको सचिवालय जनाएको छ । 

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले नक्कली पिए विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिएका छन् । उनले नक्कली पिए भन्दै ठगी गर्दै हिडेका विष्टलाई धुम्वाराहीबाट पक्राउ गरेको जानकारी दिदैं प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले कानुनी कारबाही अघि बढिसकेको जानकारी दिए । यता गृहमन्त्रीको सचिवालयले विभिन्न क्षेत्रमा पिए-सल्लाहकार हुँ भन्दै फोन गर्ने व्यक्तिहरूबाट सर्तक रहन आग्रह गरेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७