च्याम्पियन बन्दै जनकपुरले जित्यो एक करोड १० लाख


२०८१ पौष ६ शनिबार २२:३० बजे

काठमाडौं  । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो सँस्करणको च्याम्पियन बन्दै जनकपुर बोल्ट्सले एक करोड १० लाख रुपैयाँ पाएकाे छ । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जनकपुरका कप्तान अनिल साह र आजको खेलका कप्तान आसिफ शेखलाई उक्त रकमको चेक हस्तान्तरण गरे । 

त्यस्तै दोस्रो हुँदै सुदूपश्चिम रोयल्सले ५१ लाख, तेस्रो हुँदै कर्णाली याक्सले २५ लाख र चौथो हुँदै १५ लाख जितेको हो । त्यस्तै च्याम्पियन ट्रफी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदान गरेका थिए ।

कसले के–के उपाधि जिते ?
फेयर प्लेको अवार्ड –लुम्बिनी लायन्स
सर्वोत्कृष्ट खेलाडी – सैफ अली जैब (सुदूरपश्चिम)
सर्वोत्कृष्ट नेपाली खेलाडी – दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम)
उत्कृष्ट बलर – ललित राजवंशी (जनकपुर)
इमर्जिङ प्लेयर – विपीन शर्मा (कर्णाली)
इनर्जेटिक प्लेयर – जिमी निशम (जनकपुर)
फेयर प्ले – लुम्बिनी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७