महिला  यु–१९ विश्वकप खेल्ने टोलीको बन्द प्रशिक्षण गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा


२०८१ पौष ६ शनिबार २२:४२ बजे

चितवन । मलेसियामा आगामी जनवरीमा हुने महिला यु–१९ विश्वकपका लागि नेपाली टोलीको बन्द प्रशिक्षण चितवनमा हुने भएको छ । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा प्रशिक्षण हुने चितवन क्रिकेट सङ्घका अध्यक्ष सुदीप पियाले जानकारी दिए । 

यही पुस १० देखि २२ गतेसम्म बन्द प्रशिक्षण हुने प्रशिक्षणमा १८ खेलाडीसहित २३ जना सहभागी हुनेछन् । भरतपुर महानगर प्रमुख रेनु दाहालले नेपाल क्रिकेट सङ्घ (क्यान) को आग्रहअनुसार मैदान उपलब्ध गराइएको बताइन् ।

उनले सन् २०२७ मा नेपाल र बङ्गलादेशमा तय भएको महिला यु–१९ विश्वकपका खेल यही रङ्गशालामा आयोजना गर्ने गरी महानगरले तयारी गरिरहेको पनि बताइन् । यसका लागि क्यानसँग पहल भइरहेको महानगर प्रमुख दाहालले जानकारी दिइन् । यसअघि नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली चितवन राइनोजले पनि यही रङ्गशालामा प्रशिक्षण गरेको थियो।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७