जनकपुर बोल्ट्सप्रति साम्प्रदायिक व्यवहार गर्नेमाथि तत्काल कारबाही गर्न गगन थापाको माग


२०८१ पौष ७ आइतबार २०:०६ बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलका क्रममा जनकपुर बोल्ट्सका समर्थकलाई नश्लीय र साम्प्रदायिक व्यवहार गर्नेमाथि तत्काल कारबाहीको माग गरेका छन् । आज (आइतबार) सामाजिक सञ्जालमा लेख्दै थापाले शनिबार भएको घटनालाई लिएर मधेसी आयोगले कानुनी उपचार खोज्दै गृह मन्त्रालयलाई गरेको कारबाही सिफारिस माग सही भएको बताएका छन् ।

‘जनकपुर बोल्ट्सका समर्थकप्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दुःख लाग्ने खालको छ । मधेसी आयोगले यसको कानूनी उपचार खोज्दै कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको छ, जुन एकदमै सकारात्मक,’ थापाले भनेका छन्, ‘सरकारले यसमा तुरुन्तै कारबाही अगाडि बढाओस् । यी हर्कतहरू कुनै पनि बहानामा स्विकार्न सकिँदैन । नो इफ नो बट ।’ एनपीएलको फाइनल खेलका क्रममा कीर्तिपुर मैदानदेखि सामाजिक सञ्जालसम्म मधेसी समुदायलाई होच्याउने, आक्रमण गर्ने जस्ता कार्य भएको थियो । यसको चौतर्फी विरोध भएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७