सहसचिवमा १८ र उपसचिवमा ५७ जना बढुवा सिफारिस (सूचीसहित)


१३:०१ बजे

काठमाडौं । प्रशासन सेवातर्फका १८ जना सहसचिवमा र ५७ जना उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन्। कार्यक्षमताको मूल्याङ्कनबाट सहसचिवमा बढुवा सिफारिस भएकाहरुको नामावली आज (शुक्रबार) सार्वजनिक भएको हो ।

बढुवा समितिको सचिवालयले सार्वजनिक गरेको सिफारिस सूची अनुसार सहसचिवमा प्रेमप्रसाद लुइटेल पहिलो नम्बरमा बढुवा सिफारिस भएका छन् । त्यसपछि क्रमशः रामदत्त पाण्डेय, लक्ष्मण ढकाल, बिनिता भट्टराई, दिल कुमार तामाङ, लक्ष्मी पाण्डेय (गौतम), मनिता श्रेष्ठ, लोक बहादुर सुनार र जगदिश्वर उपाध्याय सिफारिस भएका छन् ।

यस्तै नारद गौतम, निर्मल ढकाल, वीरेन्द्र कुमार मिश्र, राजेन्द्र कुमार हमाल, इन्द्र प्रसाद बस्याल, शिव प्रसाद चौधरी, दिव्यराज पोखरेल, पूर्णमान श्रेष्ठ र कृष्णबहादुर शाहीको नाम बढुवाको सिफारिस सूचीमा छ । यसैगरी प्रशासन सेवाका ३९, लेखाका ११ र राजश्वका ७ गरी जम्मा ५७ जना अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

यो बढुवा सिफारिसमा चित्त नबुझाकाहरुले सूचना प्रकाशित भएको आजको मितिदेखि ३५ दिनभित्र लोक सेवा आयोगको कार्यालयमा उजुरी दिन सक्ने छन् । त्यसरी परेको उजुरीमा उजुरी गर्ने म्याद नाघेको मितिले ६० दिनभित्र टुंगो लगाइसक्नु पर्ने निजामती सेवा ऐन २०४९ को दफा २४ (च) मा उल्लेख छ ।

हेर्नुस् बढुवा सिफारिस सूचना


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७