सूर्यदर्शन सहकारी ठगी प्रकरण : भोलि आदेशको सम्भावना


१३:०६ बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने समेत आरोपी रहेको पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आरोपीहरूको तर्फबाट बहस सकिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासमा पुस १६ गते शुरू भएको थुनछेक बहसको सुनुवाइमा जाहेरवाला, सरकारी वकिल र प्रतिवादीका तर्फको बहस अन्तिम चरणमा पुगेको छ । 

आजै जाहेरवालाका तर्फबाट जवाफी बहस शुरू भएको छ । सरकारी वकिलको जवाफी बहस भने भोलि हुने जिल्ला अदालतले जानकारी दिएको छ । बहस सकिएपछि इजलासले थुनामा पठाउने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न दिने भन्ने आदेश गर्नेछ । अब भोलि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । सम्भवतः भोलि नै आदेश आउने सम्भावना रहेको अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिएका छन् ।

रवि लामिछानेसहित उनका व्यावसायिक साझेदार पूर्व डीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई प्रहरीले अभियोगपत्र साथ अदालतमा उपस्थित गराएको छ । विभिन्न संस्थासहित ४४ जना प्रतिवादी बनाइएकामा सहकारी ठगीमा ३१ जनालाई प्रतिवादी बनाइएको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७