हाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी, चालक गम्भीर घाइते


००:२४ बजे

रौतहट । रौतहटमा ११ हजार भेल्टेजको हाइटेन्सन तारबाट करेन्ट लागेर मालवाहक टिपरमा आगलागी हुँदा पूर्णरुपमा क्षति भएको छ । आगलागीपछि टिपर चालक गम्भीर घाइते भएका छन् ।

बिहीबार बिहान ८ बजेको जिल्लाको पूर्वी भेग वृन्दावन नगरपालिका–४ स्थित क्रसर उद्योगमा लु १ त २८४९ नम्बरको टिपर बालुवा झार्ने क्रममा ११ हजार भोल्ट भएको तारबाट करेन्ट लागेर टिपरमा आगलागी हुँदा पूर्ण रुपमा क्षतिग्रस्त भएको हो । टिपरका चालक जयप्रकाश सहनी करेन्ट लागेर गम्भीर घाइते भएका छन् । उनको गरुडास्थित एउटा निजी अस्पतालमा उपचार भइरहेको तथा अवस्था खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन् ।

डिएसपी कार्कीका अनुसार टिपरबाट बालुवा झार्न माथि उठाएको ट्रली तल नझारी फर्काउने क्रममा माथिको हाइटेन्सन तारमा छोएर दुर्घटना भएको थियो । घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७