सूर्यदर्शन सहकारी ठगी प्रकरण

पूर्व सांसद गुरुङका बाबु–छोरीसहित तीन जना धरौटी बुझाएर छुटे


०५:०० बजे

पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतको आदेशपछि तीन जना धरौटी बुझाएर छुटेका छन् । आज (बिहीबार) कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले रवि लामिछानेसहित सात जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

अदालतको आदेशपछि कृष्ण गुरुङ, पूर्व सांसद मिना गुरुङ र आरती गुरुङ धरौटी बुझाएर छुटेका हुन् । अदालतले कृष्ण गुरुङसँग १ लाख, मिना गुरुङसँग ५ लाख र आरती गुरुङसँग ५ लाख धरौटी माग गरेको थियो ।  यस्तै अदालतले लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, लिला पछाईसँग ३६ लाख, राम खनालसँग १५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।  
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७