सहकारी पीडितको गुनासो : हाम्रा लागि न्याय दिने आदेश आएन


२०८१ पौष २५ बिहीबार २१:०७ बजे

काठमाडौं । सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलनको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसहितका आरोपितलाई धरौटीमा छाड्ने आदेशपछि पीडितहरुले न्याय नपाएको गुनासो गरेका छन् ।

सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले जिल्ला अदालत कास्कीको आदेशपछि प्रतिक्रिया दिँदै पीडितले न्याय पाउने आदेश नआएको गुनासो गरे । उनले भने, ‘पीडितलाई न्याय दिने आदेश आएन ।’ भने, ‘हामीलाई यो देशमा साँच्चै न्याय छैन कि, पीडितहरू सधैँ पीडित नै भइरहने हो कि, पीडितले कहिल्यै न्याय नपाउने हो कि भन्ने भयो ।’ अदालतले लामिछाने, छविलाल जोशीलगायत आरोपितलाई नगद धरौटीमा छाड्ने आदेश दिएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७