सहकारी तथा लघुवित्त पीडितलाई भेट्न पूर्वराष्ट्रपति भण्डारी मानवअधिकार आयोग परिसरमा
पाँच दिनदेखि धर्नामा रहेका सहकारी पीडितसँग भेट्न पुगिन् पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पाँच दिनदेखि धर्नामा रहेका सहकारी तथा लघुवित्त पीडितलाई भेटेकी छन्। भण्डारी मंगलबार अपराह्न पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग परिसरमा पुगेर धर्नामा रहेका पीडितसँग भेट गरेकी हुन्। सरकारले आफूहरूको माग तथा तत्कालीन सरकारसँग भएको सहमति कार्यान्वयनमा बेवास्ता गरेको पीडितहरूको गुनासो छ।
पीडितहरूले धर्नास्थलमा ‘बालेनले हामीलाई सुनेनन्, एन्टोनियो गुटेरेस तिमीले हाम्रो दुःख–पीडा सुनिदेऊ’ र ‘हाम्रो घर छैन, परिवार छैन, नेपालले देखेन, संयुक्त राष्ट्र संघले देखोस् हाम्रो पीडा’ लगायतका नारासहितका प्लेकार्ड राखेका छन्। सहकारी तथा लघुवित्त पीडितहरूले २०८२ माघमा तत्कालीन सरकारसँग भएको सहमति कार्यान्वयनको माग गर्दै गत साउन २९ गते राष्ट्रिय मानवअधिकार आयोगमा ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र बुझाएपछि उनीहरूले आयोगको कार्यालयबाहिर धर्ना सुरु गरेका हुन्।
.gif)

.png)

