रास्वपा सांसद सुनारको दाबी– निश्चित बिचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेका छन्

आईजीपीमाथि उठेका प्रश्न छानबिन गर्न सांसद सुनार माग


२०८३ भदौ ४ बिहीबार १२:१४ बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाहरूले प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) कब्जा गरेको दाबी गरेका छन्। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले प्रहरी महानिरीक्षक (आईजीपी) माथि उठेका प्रश्नको छानबिन हुनुपर्ने बताएका हुन्। उनले प्रहरीको स्रोत–साधन खरिदमा भएका भनिएका अनियमितताबारे समितिले १५ दिनभित्र आवश्यक कागजात मागेको भए पनि त्यसको अवस्था स्पष्ट हुनुपर्ने बताए। सोहीबीच प्रहरीले करोडौँ रुपैयाँको टेन्डर आह्वान गरेको भन्दै उनले प्रश्न उठाए।

‘हामीले १५ दिनभित्रमा प्रहरीको स्रोत–साधन खरिदमा भएका बदमासीका बारेमा डकुमेन्ट मागेका थियौँ, त्यो आयो कि आएन? फेरि यही बीचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ। निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्। अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु,’ उनले भने। सुनारले आफूले उठाएका प्रश्नका कारण कसैलाई मानमर्दन भएको महसुस भए अदालत गएर कानुनी उपचार खोज्न चुनौतीसमेत दिए। 

‘कहीँ कतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला, कठघरामा उभिएर जवाफ दिनलाई म तयार छु,’ उनले भने। उनले सार्वभौम संसदीय समितिमा आएर व्यक्तिगत रूपमा जुहारी खेल्न नहुने धारणा राखे। ‘तर एउटा सार्वभौम समितिमा आएर टोपी भुईँमा राखेर जुहारी खेल्न पाइँदैन, सरकारको मानमर्दन गर्न पाइँदैन,’ उनले भने।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७