महर्जनको घोषणा : एसियाडमा स्वर्ण जित्ने उसु खेलाडीलाई १ लाख ५० हजार नगद पुरस्कार
काठमाडौं । बागमती प्रदेशका पूर्व युवा तथा खेलकुदमन्त्री एवं वर्तमान सांसद् मीनकृष्ण महर्जनले २०औँ एसियाली खेलकुद ९एसियाड० मा पदक जित्ने नेपाली उसु खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्।
ललितपुर जिल्ला खेलकुद विकास समिति र ललितपुर जिल्ला उसु संघले नेपाली उसु टोलीको सम्मानमा आयोजना गरेको बिदाइ तथा शुभकामना कार्यक्रममा महर्जनले खेलाडीलाई प्रोत्साहनस्वरूप नगद पुरस्कार दिने घोषणा गरेका हुन्।
नेपाल उसु महासंघका उपमहासचिव राजीव महर्जनका अनुसार महर्जनले स्वर्ण पदक विजेतालाई १ लाख ५० हजार रुपैयाँ, रजत पदक विजेतालाई १ लाख रुपैयाँ र कांस्य पदक विजेतालाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले नेपाली उसु टोलीलाई ट्र्याकसुटसमेत प्रदान गरेका थिए। यसअघि पूर्व उसु खेलाडीहरूले पनि एसियाडमा पदक जित्ने नेपाली खेलाडीलाई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरिसकेका छन्।
जापानको आइची–नागोया सहरमा असोज ३ देखि १८ गतेसम्म आयोजना हुने २०औँ एसियाली खेलकुदमा नेपालबाट उसुको थाउलो र सान्सौं विधामा गरी १० खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। टोलीमा ८ पुरुष र २ महिला खेलाडी रहेका छन्।
थाउलोमा विजय सिन्जाली, हरिप्रसाद गोले, राजीव तामाङ, सुस्मिता तामाङ, दीपक हमाल र सविता राईले प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै, सान्सौंमा रोहित चुनारा, अमर सुनार, सन्जिव महर्जन र रिता ठकुल्लाले नेपालको प्रतिनिधित्व गर्नेछन्। थाउलोका प्रशिक्षक प्रकाश महर्जन तथा सान्सौंका प्रशिक्षक तुल्सीनन्द वज्राचार्य रहेका छन्।
.gif)

.png)

