नागरिक खुशी भए मात्र सरकार बलियो हुन्छ : महासचिव थापा


२०८१ पौष २६ शुक्रबार ००:०९ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस–एमालेको वर्तमान सरकार अब तीन वर्ष नै चल्ने दाबी गरेका छन् । फुटवेयर म्यान्रुफ्याक्वरर्स एशोसिएसन अफ नेपालको २३ औं वार्षिक साधारण सभा तथा स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै थापाले कसैले भन्दैमा सरकार दायाँ–बायाँ नहुने बताए । ‘काहीं कसैले दायाँ–बायाँ केही भनेर हुँदैन, भोट हाल्ने हामीले हो, यो सरकार केही हुँदैन, अब तीन वर्ष कांग्रेस एमालेको सरकार चल्छ’, थापाले भने । 

बिपी कोइराला र मनमोहन अधिकारीले छोट समयमा सरकार चलाउँदा पनि लोकप्रिय काम गरेको बताउँदै थापाले एमाले र कांग्रेसको वर्तमान सरकारलाई धेरै काम गर्ने अवसर रहेको बताए । ‘तीन वर्ष दुईवटा पार्टी मिलेको सरकार बन्दा यहाँको नागरिकले लाभ पाउनु पर्छ’, थापाले भने । अहिले दिन रात नभनी दुईवटा राजनीतिक दलका नेताहरू र विभिन्न संयन्त्रहरूले काम गरिरहेका उनले बताए । त्यसको परिणाम देखिने गरी आउने थापाले दाबी गरे । धरै कुरा बिग्रिएकोले त्यसलाई सम्हाल्न केही समय लाग्ने भए पनि आफूहरूले सुधार गरेर देखाउने थापाले दाबी गरे । 

कुनै पनि सरकार कति बलियो छ भन्ने कुरा उसले गर्ने कामले प्रमाणित गर्ने उनले बताए । प्रतिनिधि सभामा बहुमत नजुटाई सरकार नबन्ने भएकाले सबै सरकार बलिया हुने भए पनि उनीहरूले गरेका कामले बलिया र कमजोर प्रमाणित हुने बताए । नागरिकले  प्राप्त गर्ने लाभले मात्र सरकार बलियो हुने उनको धारण छ । नागरिक खुशी भए मात्र सरकार बलियो हुँदै जाने थापाको धारणा छ । ‘नागरिक खुशी भए भने सरकार बलियो हो, नागरिक खुसी भएनन् भने सरकार कमजोर हो’, उनले भने । 

थापाले चोरी पैठारीलाई नघटाउने हो भने नेपाली उद्योगहरू फस्टाउन नसक्ने बताएका छन् । यसलाई नियन्त्रण गर्न सरकारका निकायले प्रभावकारी काम गर्नुपर्नेमा थापाले जोड दिए । सरकारले नेपाली उद्यमलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याइदिनु पर्ने थापाले बताए । नेपाली जुत्तालाई विदेश पठाउने विषयमा सोच्ने बेला आइसकेको पनि उनले बताए । नेपाली बजारलाई हेरेर मात्र अब उत्पादन बिक्री नहुने उनले प्रष्ट पारे ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७