रविलाई छुटाउन आज सोविता गौतमले आज कास्की अदालतमा बहस गर्दै 


२३:२७ बजे

पोखरा । पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षबाट आज (सोमबार) सोविता गौतमलगायतका अधिवक्ताले बहस गर्दैछन् । कास्की जिल्ला अदालतमा सोमबार पूर्व गृहमन्त्री समेत रहेका रविलाई छुटाउन वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, रमण श्रेष्ठ र रास्वपा नेतृ समेत रहेकी अधिवक्ता गौतमले बहस गर्न लागेका हुन् ।

सात प्रतिवादीविरुद्ध जारी थुनछेक बहसमा आइतबारसम्म गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक पूर्व डीआईजी छविलाल जोशी तथा लीला पछाईका तर्फबाट बहस भएको छ । न्यायाधीश नितिज राईको इजलासमा जारी थुनछेक बहसमा जोशीका तर्फबाट ६ जना कानून व्यवसायीले वकालतनामा लेखाएका छन् ।

यसमध्ये वरिष्ठ अधिवक्ता शम्भु थापाको बहस सकिएको छ भने पाँच जनाको बाँकी छ । उनीहरूले बहस गर्न चाहेमा लामिछानेका तर्फबाट त्यसपछि मात्रै बहस शुरु हुने जिल्ला अदालतल कास्कीले जनाएको छ । लामिछानेपछि रामबहादुर खनाल, मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङका कानून व्यवसायीको बहस हुनेछ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७