बाक्लो हुस्सु छिचोल्दै प्रचण्डको मर्निङवाक, सडकमा लिए भक्काको स्वाद


२०८१ माघ ५ शनिबार १३:२८ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अहिले मोरङमा छन् । शुक्रबार साँझ मोरङ पुगेका उनले राजवंशी समुदायको भक्काको स्वाद लिएका छन्  । आज सामाजिक सञ्जालमा भक्का खाँदै गरेको तस्बिर राख्दै दाहालले राजवंशी समुदायको भक्काको स्वादसँगै दिनको सुरुवात गरेको उल्लेख गरेका छन् ।

उनले आजै मोरङका जनसमुदायसँगको साक्षात्कारमा समेत हुने जानकारी गराए ।  उनले लेखेका छन्, ‘शुभ प्रभात ! राजवंशी समुदायको भक्काको स्वादसँगै आजको दिनको सुरुवात गरेको छु । आज दिनभरजसो मोरङका जनसमुदायसँगको साक्षात्कारमा रहने छु ।’

अध्यक्ष ‘प्रचण्ड’ले आज बिहान ‘मनिङ्वाक’ गरेका छन् । विराटनगरको बाक्लो हुस्सु छिचोल्दै उनले करिब एक घण्टा ‘मनिङ्वाक’ गरेका हुन् । बिहान ६ देखि ७ बजेसम्म पोखरियादेखि जिल्ला प्रशासन कार्यालय मोरङको कार्यालय रहेको स्थानसम्म उनले मनिङ्वाक गरेको बताइएको छ । उनले आज बिहान ९ देखि १० बजेसम्म विराटनगर १९ मा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको अनुगमन गर्ने कार्यक्रम छ ।

यस्तै १० देखि ११ बजेसम्म होटल एसियाटिकमा आयोजित एक कार्यक्रममा सहभागी हुने र केही भेटघाट कार्यक्रम गरेर मोरङको ग्रामथान झोराहाटमा स्थानीयसँग केही भेटघाट गर्ने कार्यक्रम छ । ग्रामथानको तेतरियामा आयोजित बधाई ज्ञापन तथा खबरदारी सभामा १ बजे सहभागी हुने कार्यक्रम छ । दिउँसो ४ बजे कार्यक्रम सकेर प्रचण्ड राजधानी फर्किने कार्यक्रम छ । शुक्रबार साँझ विराटनगर पुगेका प्रचण्ड कान्छा ज्वाइँ जीवन आचार्यको घरमा बसेका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७