अस्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य
काठमाडौं । आईसीसी महिला यू–१९ टी–२० क्रिकेटमा अस्ट्रेलियाले नेपाललाई १४० रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३९ रन बनायो ।
अस्ट्रेलियाका लागि काओम्ही ब्रेले ४५ रन बनाइन भने लारोसाले ३१ रन र हर्सत गिलले २१ बलमा नटआउट ३० रन बनाइन् । यस्तै इन्सवर्थले ९ बलमा १६ रन बनाइन् । बलिङमा नेपालकी कप्तान पूजा महतोले ४ ओभरमा ३ विकेट लिइन् ।
उनले ३ ओभरभित्र ३ विकेट लिए पनि त्यसपछि अस्ट्रेलियाका ब्याटर चले । यस्तै सीमाना केसीले २ विकेट लिँदा रिया शर्माले १ विकेट हात पारिन् । सुपर–६ को पुग्ने समीकरणमा रहन नेपालले आज अस्ट्रेलियालाई जित्नै पर्ने दबाब छ ।