कुम्भमेला : भागदौडमा मृत्यु हुनेको संख्या ३० पुग्यो, ६० बढी घाइते
नयाँदिल्ली । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भमेलामा बुधवार बिहान भएको भागदौडमा मृत्यु हुनेको संख्या ३० जना पुगेका छन् । भारतीय अधिकारीहरूले भागदौडमा आज साँझसम्ममा कम्तीमा ३० को मृत्यु र ६० जना घाइते भएको पुष्टि गरेका छन् ।
मृतकमध्ये २५ जनाको पहिचान गरिएको छ। डिआईजी वैभव कृष्णको भनाइ उल्लेख गर्दै हिन्दुस्तान टाइम्सले बुधवार मौनी अमावस्या अर्थात् माघ कृष्ण औँसीका अवसरमा हुन लागेको अमृतस्नानका बेला उक्त घटना भएको थियो । भीडले नदीहरूको संगमस्थलमा लगाइएका बार तथा अवरोधलाई तोडेर ठेलमठेल गरेपछि भागदौड मच्चिएको हो ।