मोर्चाबन्दी गर्न मधेस केन्द्रित दलहरुले गठन गरे कार्यदल


२०८१ माघ १७ बिहीबार ०३:३९ बजे

काठमाडौं । मधेश केन्द्रित दलहरुबीच सहकार्यको वातावरण बनाउन र साझा एजेण्डा तय गर्न आठ सदस्यीय कार्यदल गठन भएको छ । सिंहदरबारमा बसेको ८ दलको बैठकले सबै दलका प्रतिनिधि रहने गरी कार्यदल बनाएको नेता केशव झाले जानकारी दिए ।

कार्यदलमा जसपाबाट इस्तियाक राई, जनमतका शरद सिंह यादव, जसपा नेपालका मनिष  सुमन, नागरिक उन्मुक्तिका गंगाराम चौधरी, लोसपाका लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टीका केशव झा, जनता प्रगतिशीलका  शिवजि यादव र तमलोपाका ब्रजेस सिंह छन् । आठ दल सम्मिलित कार्यदलले साझा एजेण्डा तय गर्न मस्यौदा बनाउने, कार्यदलमा भएका विषय दलमा राख्ने, विधेयकमा समान धारणा लगातयका कार्य गर्ने जनमतका प्रवक्ता शरदसिंह यादवले जानकारी गराए ।

जनमत प्रवक्ता यादवले भने, ‘सरकारले ल्याएका विधेयकमा साझा धारणा बनाएर संसदमा रहेका दलले कस्तो रुपमा प्रस्तुत हुने बारेमा छलफल भएको छ । सामाजिक सञ्जाललाई नियमन भन्दा पनि नियन्त्रण विधेयक सरकारले ल्याएको छ । अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न भएन ।’ बैठकमा साझा धारणा सार्वजनिक गर्न ढिला गर्न नहुनेमा सबै दल एकमत रहेको राष्ट्रिय मुक्ति मोचौका नेता केशव झाले जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७