ट्रम्प प्रशासनद्वारा २० लाख संघीय कर्मचारीलाई बहिर्गमन प्याकेजको प्रस्ताव 


२०८१ माघ १६ बुधबार २०:०३ बजे
फाइल फोटो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले मंगलबार आठ महिनाको रोजगारी छोड्ने संघीय कर्मचारीलाई बहिर्गमन प्याकेजको व्यवस्था गर्ने अवसर दिएको छ । कर्मचारीलाई पठाएको इमेलमा उक्त प्याकेजको घोषणा गरिएको छ । 

अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पका सल्लाहकार एलन मस्कले एक्समा ऐतिहासिक ‘विकल्प’ को रूपमा प्रशंसा गरेको यो प्रस्ताव सबै २० लाख संघीय कर्मचारीलाई पठाइएको बुझिएको छ । जनवरी २० मा ट्रम्पले पदभार ग्रहण गरेयता संघीय खर्चविरुद्ध यो अहिलेसम्मकै सबैभन्दा ठूलो कदम हो ।

प्रशासनका एक वरिष्ठ अधिकारीले एनबीसी न्यूजलाई बताएअनुसार यो प्याकेजबाट पाँचदेखि १० प्रतिशत संघीय कर्मचारीले राजीनामा दिने अधिकारीहरूले अपेक्षा गरेका छन् । यसबाट करिब एक खर्ब अमेरिकी डलर बचत हुने विश्वास उनीहरूको छ । एएफपीले कर्मचारीबाट प्राप्त गरेको जानकारी अनुसार इमेलमा कर्मचारीलाई राजीनामाका मंगलबारदेखि सुरु भएर फेब्रुअरी ६ सम्म लागु हुनेछ । 

ट्रम्पले कोभिड–१९ महामारीपछि धेरै वर्षसम्म घरबाट काम गर्ने सुविधा पछि सबै संघीय कामदारहरू पूर्णकालिक रूपमा कार्यालय फर्कन आदेश दिएसँगै यो कदम चालिएको हो । यो इमेल सन् २०२२ को अन्त्यमा मस्कले ट्वीटर (हाल एक्स) को पूर्ण स्वामित्व आफ्नो नियन्त्रणमा लिएपछि कर्मचारीलाई पठाइएको यस्तै सन्देशसँग मिल्दोजुल्दो छ । राजीनामा दिन चाहने कर्मचारीसँग इमेलमार्फत् प्रतिक्रिया मागिएको छ । 

सम्झौता गर्न चाहने संघीय कर्मचारीहरूलाई इमेलमा बाहिर नै देखिने गरी ‘राजीनामा’ शब्द लेखिएको जवाफ दिन भनिएको छ । ट्रम्प र अन्य रिपब्लिकनलाई चुनाव जिताउन २७ करोड अमेरिकी डलरभन्दा बढी खर्च गरेका मस्कलाई सरकारी कार्यदक्षता विभाग ( डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी)को नेतृत्व गर्ने जिम्मेवारीमा नियुक्त गरिएको छ। इमेलमा भनिएको छ, ‘संघीय श्रमशक्तिमा अमेरिकाको सबैभन्दा राम्रो जनशक्ति हुनुपर्छ ।  हामी हरेक तहमा उत्कृष्टताका लागि जोड दिनेछौं ।’ रासस 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७