६४ जना सवार विमान ह्वाइट हाउस नजिकै दुर्घटना, नदीमा खोजी जारी


२०८१ माघ १७ बिहीबार २३:०९ बजे
तस्वीर : रोयटर्स

काठमाडौं । अमेरिकामा एक यात्रुवाहक विमान दुर्घटनामा परेको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार राजधानी वाशिङ्टन नजिकको रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा एक यात्रुवाहक विमान अवतरण गर्दै गर्दा हेलिकप्टरसँग ठोक्किएको हो । अमेरिकन एयरलाइन्सले सीएनएनलाई उक्त उडानमा ६० यात्रु र चार चालक दलका सदस्य गरी ६४ जना सवार भएको जानकारी दिएको छ।

घटनाले अमेरिकामा त्रास फैलाएको छ । विमानस्थल नजिकैको ठक्करपछि सबै उडान र अवतरण रोकिएका छन् । विमान र हेलिकप्टरका भग्नावशेष नदीमा खसेका छन् । दुर्घटनापछि खोजी तथा राहत कार्य जारी छ । ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दुर्घटनाबारे जानकारी दिइएको पुष्टि गरेकी छिन्।

वाशिङ्टन, डीसी प्रहरीले एक्समा जहाज दुर्घटनापछि पोटोम्याक नदीमा खोजी तथा उद्धार कार्य चलिरहेको जानकारी दिएको छ । दुर्घटनामा हालसम्म कुनै मृत्यु वा घाइतेको जानकारी आएको छैन, तर विमानस्थलबाट उडान र अवतरण सबै रोकिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७