होली पर्व पहाड र मधेसको एकताको सूत्र : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले होली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज जारी गरेको शुभकामना सन्देशमा उनले भनेका छन्, ‘आपसी भाइचारा र सद्भावको रुपमा मनाइने हिन्दू धर्मावलम्बीहरूको महान् पर्व होलीको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोतर प्रगतिको कामना गर्दछौं ।’
अध्यक्ष यादवले असत्यमाथि सत्य, हिंसामाथि सद्भाव र घृणामाथि प्रेमको विजयोत्सवको रुपमा मनाइने रङहरुको पर्व फागुपूर्णिमा हिमाल, पहाड र मधेसलाई एकताको सूत्रमा बाँधी आपसी भ्रातृत्व सद्भाव र सहिष्णुता कायम गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।