वसन्तपुर क्षेत्रमा यस्तो छ फागुको रौनक


२०८१ फाल्गुण २९ बिहीबार १५:४१ बजे

काठमाडौं । आज पहाडी तथा हिमाली जिल्लाहरुमा हर्षोल्लासका साथ रङ र लोला खेलेर होली मनाइँदैछ । विहानैदेखि काठमाडौंको वसन्तपुर लगायत क्षेत्रमा होली खेल्नेको भिड लागेको छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । वसन्तपुरमा फागु मनाउनका लागि मानिसहरू जम्मा भएका छन् । चीरमा पूजा गर्नेहरूको उल्लेख्य उपस्थिति रहेको छ ।

एकअर्कामा रङ दलेर खुशीयाली साटासाट गरेर फागु मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ खेली मनाउने प्राचिन परम्परा छ । नेपाल प्रहरीले संयमित भएर होली खेल्न पनि आग्रह गरेको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७