प्रचण्डको तस्वीर जलाउने राप्रपा नेता छुटे

हेटौंडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्वीर जलाएको आरोपमा पक्राउ परेका राप्रपा नेता निराजन बम रिहा भएका छन् । चितवनबाट आइतबार पक्राउ परेका बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको थियो ।
उनलाई आइतबार साँझ नै प्रहरीले रिहा गरेको हो । रिहाइलगत्तै बमलाई हेटौंडा–२ स्थित राप्रपा कार्यालयमा स्वागत समेत गरिएको छ । यता माओवादी अध्यक्ष प्रचण्डले तस्वीर जलाएकै आधारमा कसैलाई पक्राउ गर्न ठिक नहुने बताएका थिए । अध्यक्ष प्रचण्डले विरोधको शैली फरक–फरक हुने प्रतिक्रिया दिएका थिए ।