अखिल क्रान्तिकारीको पक्षमा देखिएको लहर निकै उत्साहप्रद : प्रचण्ड


२०८१ चैत ७ बिहीबार १६:५८ बजे

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पार्टी निकट अखिल (क्रान्तिकारी) को पक्षमा देखिएको लहर उत्साहप्रद रहेको बताएका छन् । 

आज (बिहीबार) सामाजिक सञ्जाल फेसबुकमार्फत विजयी विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै दाहालले यस्तो बताएका हुन् । उनले कयौं क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका विरुद्धको आफ्नो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टीनिकट अखिल (क्रान्तिकारी) को पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ । कयौं क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका विरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको  छ । विजयी सबै विद्यार्थी साथीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७