पार्टीको महाधिवेशन ०८४ अगाडि नै हुन्छ : महामन्त्री शर्मा


२०८१ चैत ८ शुक्रबार ०९:३८ बजे
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन ०८४ को निर्वाचनअगावै हुने बताएका छन् । कांग्रेस निकट राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

‘पार्टीको महाधिवेशन ०८४ भन्दा अगाडि हामीले गर्ने हो । संविधान त्यही भन्छ, पार्टी विधान त्यही भन्छ । कतिपय आदरणीय नेताहरूले ०८४ को निर्वाचनपछि उपयुक्त हुन्छ भन्नुहुन्छ, निश्चय नै हो । तर, हामीले विधानअनुसार नै गर्ने हो,’ उनले भने । पार्टी सभापति शेरबहादुर देउवा, नेता शशांक कोइराला, विमलेन्द्र निधिलगायतका नेताहरूले भने पार्टी महाधिवेशन ०८४ को संसदीय निर्वाचनपछि उपयुक्त हुने धारणा राख्दै आएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७