कसैले हल्ला गर्दैमा गणतन्त्र जाँदैन : कृष्ण सिटौला


२०८१ चैत ९ शनिबार ०४:४९ बजे
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले मुलुकमा आएको गणतन्त्र र संघीयतासहितका परिवर्तन कसैले हल्ला गरेर नजाने बताएका छन् । पार्टीको पूर्व आप्रवासी समन्वय विभागले शनिबार (आज) पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले परिवर्तनबाट पछि फर्किन नसकिने उल्लेख गर्दै भने, ‘परिवर्तन नै जान्छ कि जस्तो, गणतन्त्र नै जान्छ कि जस्तो, गणतन्त्र आएकै दिनदेखि त्यो देखिएकै हो । राजाका विरुद्ध बोल्नै नपाइने, संसद्मा प्रश्न उठाउनै नपाइने अवस्था थियो । दरबारको प्रशासन राजाकै पहुँचमा थियो, त्यही अवस्थामा वीरेन्द्रको वंशनाश भयो, त्यो बेला नै राजालाई संसद् मातहत राखेको भए सायद त्यस्तो घटना पनि हुने थिएन होला ।’

गणतन्त्रको प्राप्तिपछि जनताले स्वतन्त्रताको अनुभूति गर्न पाएको उल्लेख गर्दै उनले भने, ‘परिवर्तनपछि देशमा जनताले स्वतन्त्रताको अनुभूति गर्न पाएका छन्, आफ्ना कुरा राख्न पाएका छन्, त्योभन्दा अघि कस्तो थियो, अहिले के छ, तुलना गरौं ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७