बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रण

काठमाडौं । काठमाडौँको बालाजुस्थित औद्योगिक क्षेत्रमा आज भएको आगलागी नियन्त्रणमा आएको छ। औद्योगिक क्षेत्रमा भएको आगलागी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तथा दमकलको सहायतमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।
नेपाली सेना, नेपाल प्रहरी, महानगरपालिका र सशस्त्र प्रहरीको गरी ८ वटाभन्दा बढी दमकलको प्रयासपछि औद्योगिक क्षेत्रस्थित गोदावरी प्लास्टिक प्रिन्टिङ प्रेसमा लागेको आगो नियन्त्रणमा आएको हो । उनले भने, ‘अहिले आगलागी नियन्त्रणमा लिइएको छ । आगलागीका कारण र क्षतिबारे थप अध्ययन भइरहेको छ ।’