शुक्रबार निर्मल निवासमा ‘लञ्च मिटिङ’, शनिबार बालुवाटारमा तीन दलको छलफल


२०८२ बैशाख ७ शनिबार ०२:३० बजे

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  का सात जना नेतासँग निर्मल निवासमा बोलाएर ‘लञ्च मिटिङ’ गरे लगत्तै तीन प्रमुख राजनीतिक दलका तीन शीर्ष नेताबीचको छलफलमा जुटेका छन् । 

शुक्रबार पूर्व राजा शाहले अध्यक्ष लिङ्देन, पूर्वअध्यक्षहरू पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र प्रवक्ता ज्ञानेन्द्र शाही निर्मलसँग ‘लञ्च मिटिङ’ गरेका हुन् । 

स्रोतका अनुसार यो सूचना शुक्रबार साझ नै बालुवाटारले पाएको थियो । शुक्रबारको ‘लञ्च मिटिङ’ लगत्तै शनिबार  प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका हुन् ।

बैठकमा राप्रपाले आइतबार गर्ने भनिएको प्रदर्शनका बारेमा छलफल भएको छ ।  छलफलमा संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सृजना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्‍याउनेप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलसहित गणतन्त्र पक्षधर शक्ति एकठाउँमा उभिनुपर्नेमा समान मत देखिएको गृहमन्त्री रमेश लेखकले बताए । 

‘तीन नेताबीच बालुवाटारमा भएको छलफलको निष्कर्ष भनेकै संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा एकढिक्का भएर उभिन्छौं भन्ने साझा निष्कर्ष हो, अर्को गणतन्त्र, लोकतन्त्र र संविधानका विरुद्धमा हुने जनप्रदर्शन आन्दोलन होइन । राजनीतिक अस्थिरता फैलाउने वितण्डा हो भन्ने नेताहरुको साझा बुझाइ छ,’ बैठकमा सहभागी गृहमन्त्री लेखकले भने, ‘तीनै जनाले संविधान र गणतान्त्रिक शासन व्यवस्थाको रक्षाका लागि हामी एक ठाउँमा छौं भन्ने सन्देश दिनुभएको छ ।’


के भयो ‘लञ्च मिटिङ’ मा ?

‘लञ्च मिटिङ’मा सहभागी एक नेताका अनुसार पूर्वराजा र राप्रपा नेताहरूबीच करिब दुई घन्टा कुराकानी भएको थियो ।  पूर्वराजाले चैत १५ मा तिनकुनेमा हिंसात्मक प्रदर्शन किन भएको भन्ने प्रश्न गर्दा राप्रपा नेताहरूले त्यसमा आफूहरू सहभागी नभएको प्रष्टीकरण दिएका थिए । 

राजसंस्था पुनर्स्थापनाका लागि नवराज सुवेदी नेतृत्वमा संयुक्त जनआन्दोलन समिति गठन भएको थियो भने उक्त समितिले दुर्गा प्रसाईंलाई गत चैत १४ गते ‘जनकमान्डर’ घोषणा गरेको थियो।

 ‘लञ्च मिटिङ’मा राजसंस्था पुनर्स्थापनाका लागि नवराज सुवेदी नेतृत्वमा संयुक्त जनआन्दोलन समिति निर्मल निवासकै पहलमा बनेको बताएपछि सुवेदीसँग भेट नभएको वर्षौ भएको बताएका थिए । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७