फेसबुकमा ‘हाँसोभित्रको पीडा’ लेखेको एक दिनपछि वडाध्यक्षको निधन 


२०८२ बैशाख ११ बुधबार ०२:२२ बजे

कञ्चनपुर । कञ्चनपुरको बेदकोट  नगरपालिका–९ का वडाध्यक्ष जनकसिंह विष्टको निधन भएको छ। बुधबार दिउँसो बेदकोट ताल नजिकैको जंगल क्षेत्रमा बेहोस अवस्थामा भेटिएका विष्टको उपचारका क्रममा निधन भएको हो । 

विष्टको बुधबारै साँझ महाकाली अस्पतालमा उपचारकै क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ । वडाध्यक्ष विष्टको मृत्युबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले वडाध्यक्षको निधनको कारणबारे अनुसन्धान भइरहेको बताए । विष्टले विषादी सेवन गरेको आशंकामा घटनास्थल नजिक खोजी भइरहेको प्रहरीले जनाएको छ ।

निधनको एक दिनअघि मात्रै वडाध्यक्ष विष्टले सामाजिक सञ्जालमा हाँसोभित्रको पीडा भन्दै फेसबुक स्टाटस राखेका थिए। बिहान वडामा सामाजिक सुरक्षा–भत्ता वितरण गरेपछि उनी कामका लागि भन्दै मोटरसाइकलमा निस्किएका थिए। उनले वडासदस्य पार्वती विष्टलाई कावाको जिम्मेवारी समेत दिएका थिए। नेपाली सेनाबाट सेवा निवृत विष्ट ०७४ मा वडासदस्य र ०७९ मा वडाध्यक्षमा विजयी भएका थिए। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७