माइतीघर मण्डलामा यातायात व्यवसायीको प्रदर्शन, गाडी नचल्दा समस्यामा यात्रु


०४:५० बजे

काठमाडौं । सार्वजनिक यातायात व्यवसायीहरूले विभिन्न सात बुँदे माग राखी आज (आइतबार) काठमाडौं माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म र्‍यालीसहित प्रदर्शन गरेका छन्। सार्वजनिक यातायात क्षेत्र बचाउनका लागि भन्दै उनीहरूले सरकारविरुद्ध आन्दोलन सुरु गरेका हुन् ।  सरकारले ल्याएको नियमावलीको विरोधमा गाडी थन्क्याएर व्यवसायी  विरोधमा उत्रेका हुन्। सोमबारदेखि देशभरको यातायात ठप्प पार्ने निर्णय व्यवसायीले गरेका छन्। सरकार आफ्नो निर्णयबाट पछि नहट्ने अडानमा छ भने व्यवसायी निर्णय फिर्ता नहुँदासम्म आन्दोलन नछोड्ने बताइरहेका छन् । 

मारमा यात्रु, परीक्षार्थीलाई स्कर्टिङ गरेर पठाइयो
यातायात व्यवसायीले आह्वान गरेको बन्दका कारण सर्वसाधरण यात्रु समस्यामा परेका छन्। गण्डकी प्रदेश सरकारले ल्याएको राइड शेयरिङ सम्बन्धी नियमावलीको विरोध जनाउँदै यातायात व्यवसायीले शुक्रबारदेखि गरेको सार्वजनिक यातायात बन्दका कारण यात्रु अलपत्र परेका हुन्। शनिबार शिक्षक सेवा आयोगको परीक्षा दिन पोखरा पुगेका करिब १५ सय परीक्षार्थीलाई प्रहरीको स्कर्टिङमा पर्यटक र स्कुल बसमा मुग्लिन पठाइएको छ। पोखरा बाहेक अन्य ठाउँमा पनि यात्रु अलपत्र परेका छन्।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७