रास्वपाको निष्कर्ष : गृहमन्त्री नैतिकता र कर्तव्यपालनमा चुके, राजीनामा दिनै पर्छ


२२:२७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु पर्ने निष्कर्ष निकालेको छ । 

आज (सोमबार) बसेको पार्टी सचिवालय बैठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा अनुसन्धान थालेपछि मुख्य अभियुक्तलाई अनुसन्धानको घेरा बाहिर राख्ने प्रयत्न स्वरूप गृहमन्त्रीले अध्यागमन प्रमुखको सरूवा गर्ने, अनुसन्धानमा खटिएका अख्तियारका डीआइजीको सरूवा गर्ने, प्रमाण नष्ट गर्ने नियतले संयन्त्र परिचालन गर्नेलगायत कार्य गरेको आरोप लगाएको छ ।

त्यसैले पनि गृहमन्त्री लेखकले तत्काल राजीनामा दिएर मातहतको निकायलाई निष्पक्ष अनुसन्धानमा सघाउनुपर्ने निचोड निकालेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । ‘भिजिट भिसा सेटिङबाट चार अर्ब बढी रकम घुस काण्डमा गृहमन्त्रीको सचिवालयको संलग्नता देखिएका तथ्यहरू सार्वजनिक भइरहेको तथा गृहमन्त्रीकै संलग्नताको बाछिटाहरू समेत देखिएकाले सत्ताधारी दल आफै फैसला गर्ने निकाय जसरी गम्भीर आरोप लागेका दोषी जोगाउने र जनताको आँखामा धुलो फ्याँक्ने प्रयास भएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ कार्यवाहक प्रवक्ता झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा काण्डमा अनुसन्धान थाले पश्चात मुख्य अभियुक्तलाई अनुसन्धानको घेरा बाहिर राख्ने प्रयत्न स्वरूप गृहमन्त्रीले अध्यागमन प्रमुखको सरुवा गर्ने, अनुसन्धानमा खटिएका अख्तियारका डीआइजीको सरुवा गर्ने, प्रमाण नष्ट गर्ने नियतले संयन्त्र परिचालन गर्ने लगाएतका घटना भएको देखिएकाले गृहमन्त्रीले तत्काल राजीनामा दिएर गृह मन्त्रालय मातहतको निकायलाई निष्पक्ष अनुसन्धानमा सघाउनु पर्ने पार्टीको धारणा छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ ।

आफैले स्थापित गरेको नैतिकताको मापदण्डमा चुकेको र कर्तव्य पालनमा लापरबाही देखिँदै गर्दा निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्न समेत गृहमन्त्रीको राजीनामा मागिनुपर्ने निष्कर्ष पार्टी सचिवालयको रहेको उनले बताएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७