८० लाख खर्चेर बनाएको घण्टाघर दुई वर्षदेखि प्रयोगविहीन


०४:३७ बजे

पर्वत । आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न कुश्मा बजारमा बनाइएको घण्टाघर दुई वर्षदेखि प्रयोगविहीन छ। कुश्मा नगरपालिकाको मुख्य योजनाअन्तर्गत वडा नं ५ बञ्जिसाइडमा बनाइएको यो घण्टाघर अझै पूर्ण भएको छैन। नगरपालिकाले ८० लाख रुपैयाँ खर्चेर बनाएको यो संरचनामा ताला लगाइएको छ र बाहिरी भाग जीर्ण बन्दै गएको छ। 

स्थानीय व्यवसायी बमबहादुर पुनले पर्यटक आकर्षित गर्न बनाइएको घण्टाघर प्रयोगमा नआएको बताए। ‘यो घण्टाघर वरपरका घरभन्दा पनि होचो बनाइएको छ,’ उनले भने। आर्थिक वर्ष २०७७/७८ को बजेटबाट सुरु भएको यो संरचना निर्माणअघिदेखि नै विवादमा थियो। कुश्मा–५ का वडाध्यक्ष रामहरि चापागाईँले अघिल्लो कार्यकालमा जनप्रतिनिधिले यो बनाएकाले सबै जानकारी नभएको बताए। ‘दुई वर्षअघि निर्माण सकिए पनि टावरमा ताला लगाइएको छ,’ उनले भने । 

नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले आगामी वर्षको बजेटबाट घण्टाघरलाई पूर्ण बनाउने बताए। उपप्रमुख स्वस्थानी रिजालले नगरभित्रका संरचनालाई संरक्षण गरी सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले घण्टाघर सञ्चालनका लागि कुनै योजना नभएको र छलफल नभएको बताए। ‘निर्माण सकिएर गत वर्ष भुक्तानी भइसकेको छ, तर घडी नेपालमा नपाइने भएकाले प्रयोग गर्न सकिएको छैन,’ उनले भने। साहसिक पर्यटनको केन्द्र बन्दै गएको कुश्मामा विश्वकै दोस्रो अग्लो बञ्जी र सबैभन्दा लामो सुपरम्यान शैलीको जीपलाइन नजिकै रहेको यो घण्टाघरलाई समयमै पूर्ण बनाउन सके पर्यटकको आकर्षण बढ्ने स्थानीय शिशिर पौडेलले बताए। रासस
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७