प्राधिकरणले भन्यो–विद्युत आपूर्तिको समस्या १५–२० दिनमा समाधान हुन्छ


२०८२ बैशाख १५ आइतबार ०२:५९ बजे

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युतको माग बढेसँगै एक्सचेन्ज मार्केटमार्फत अधिकतम मूल्यमा पनि विद्युत खरिद गर्न नसक्दा औद्योगिक ग्राहकहरूका लागि केही समय विद्युत कटौती गर्नुपरेको जनाएको छ ।

प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघका प्रतिनिधिहरूसँगको छलफलमा यो समस्या १५–२० दिनभित्र समाधान हुने बताएका हुन् । श्रेष्ठका अनुसार नेपालका नदी–नालामा पानीको बहाव बढ्न थालेपछि र भारतबाट विद्युत आपूर्ति सहज भएपछि कटौतीको समस्या हट्नेछ। प्राधिकरणले उद्योगीहरूलाई प्राथमिकतामा राखी गुणस्तरीय, भरपर्दो र निरन्तर विद्युत आपूर्तिका लागि प्रतिबद्ध रहेको जनाउँदै सामाजिक सञ्जालमा फैलिएका अनर्गल हल्लामा सत्यता नभएको स्पष्ट पारेको छ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले प्राधिकरणले सरोकारवालासँग छलफल गरी विद्युत आपूर्तिको वर्तमान अवस्था र भावी योजनाबारे जानकारी दिएकोमा प्रशंसा गरे । ‘यसले प्राधिकरण र उद्योगी–व्यवसायीबीच विश्वासको वातावरण सिर्जना भएको छ’, उनले भने । उनले प्राधिकरणलाई हाइड्रोबाहेक सोलारलगायत वैकल्पिक ऊर्जा क्षेत्रमा पनि ध्यान दिन सुझाए ।
उद्योग परिसंघका प्रतिनिधि डा. घनश्याम ओझाले प्राधिकरणको पहलले व्यवसायीहरू उत्साहित भएको र विद्युत आपूर्तिको गुणस्तरमा जोड दिनुपर्ने बताए । ‘यो छलफलले अहिलेको समस्या समाधानका साथै भविष्यमा सहकार्यलाई सहज बनाउनेछ’, उनले भने । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७