दक्षिण कोरियाका अर्थमन्त्री चोइले दिए राजीनामा


०२:०४ बजे

काठमाडौं । दक्षिण कोरियाका अर्थमन्त्री चोइ साङ मोकले बिहीबार आफ्नो पदबाट राजीनामा दिएका छन्। कार्यवाहक राष्ट्रपति हान डक सोले बिहीबार मध्यरातमा कार्यबाहक राष्ट्रपतिको जिम्मेवारीबाट राजीनामा दिने तयारी भएको र उनको स्थानमा चोइले कार्यबाहक राष्ट्रपतिको जिम्मेवारी सुम्पिने तयारी भइरहेका समय उनको अकस्मात मन्त्री पदबाट राजीनामा आएको हो ।

उनले अर्थमन्त्रीका रूपमा दिएको राजीनामा सरकारले स्वीकृत गरेको मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चोइको राजीनामा स्वीकृत भएको छ ।’ कार्यबाहक राष्ट्रपति हान डक सोले बिहीबार मध्यरातमा कार्यबाहक राष्ट्रपतिको जिम्मेवारीबाट राजीनामा दिने तयारी भएको र उनको स्थानमा चोइले औपचारिक रूपमा राजीनामा दिने कार्यक्रम रहेको थियो ।

चोइले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गम्भीर आर्थिक परिस्थितिका बीच आफ्नो कर्तव्य पूरा गर्न कठिन भएकाले म आफ्नो पदबाट राजीनामा दिएको छु । तोकिएको जिम्मेवारीलाई निरन्तरता दिन नसकेकोमा म यसका लागि क्षमा प्रार्थी छु ।’

देशको सर्वोच्च अदालतले राष्ट्रपतिका प्रत्यासी ली जे–म्युङलाई निर्वाचन कानुन उल्लङ्घन गरेको अभियोगमा दोषी नठहर्याएपछि विपक्षी सांसदहरूले चोइविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए । त्यसपछि उनले राजीनामा दिएका हुन् । हानले चोइको राजीनामा स्वीकृत गरेपछि चोइविरुद्धको महाभियोगको प्रस्तावमाथिको मतदान रोकिएको छ ।

‘चोइको राजीनामाको सूचना आइसकेको छ । हामी महाभियोगको मतदान स्थगित गर्दैछौं,’ नेसनल एसेम्बलीका सभामुख वू वोन–सिकले भने । गत डिसेम्बरमा पूर्व राष्ट्रपति युन सुक योलले सैनिक शासनको घोषणा गरेपछि दक्षिण कोरियामा छाएको राजनीतिक अनिश्चितताबीच अर्थमन्त्री चोइको राजीनामाले देशमा थप राजनीतिक अनिश्चितता आएको छ ।

मध्यरातमा हानले पदबाट राजीनामा दिएपछि कार्यबाहक राष्ट्रपति चोइलाई उनको जिम्मेवारी हस्तान्तरण गर्ने कार्यक्रम रहेको थियो । उाको राजीनामासँगै अब नेतृत्व शिक्षामन्त्री ली जु–होको काँधमा आएको छ । उनलाई जुन ३ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि चुनावी प्रक्रियाको व्यवस्थापनको जिम्मेवारी दिइनेछ । एएफपी
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७