सत्तारुढ कांग्रेस–एमाले संसदीय दलको बैठक बस्दै, कसको के एजेण्डा ?


२१:०२ बजे

काठमाडौं । सरकारको नेतृत्व गरिरहेका नेकपा एमाले र नेपाली कांग्रेस संसदीय दलको बैठक आज (शनिबार) एकै दिन बस्दैछ । नेकपा एमालेको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो १ बजे बस्न लागेको हो ।

संसदीय दलको बैठकमा राष्ट्रपतिले शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयका बारेमा छलफल हुनेछ । यस्तै, दलका तर्फबाट खेल्ने भूमिकाबारेमा समेत छलफल हुने बताइएको छ ।

यस्तै सत्ता साझेदार नेपाली कांग्रेसको संसदीय दलको बैठक नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्न लागेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम शुक्रबार संसदमा प्रस्तुत गरेपछि पार्टीको धारणा बनाएर संसदको छलफलमा सहभागी हुनका लागि बैठक बोलाइएको जनाइएको छ । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा सोमबारदेखि संसदमा निरन्तर छलफल हुनेछ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७