विमानस्थलमा क्षेप्यास्त्र हाने हुथी समूहविरुद्ध कडा कारबाहीको चेतावनी


१४:३४ बजे

काठमाडौं । यमनको हुथी समूहले इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ब्यालिस्टिक मिसाइल आक्रमण गरेको दाबी गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने उक्त आक्रमणको कडा जवाफ दिने चेतावनी दिएका हुन् । 

नेतान्याहूले हुथीको संरक्षण गर्ने इरानले पनि परिणाम भोग्नुपर्ने बताए । आक्रमणमा आठ जना घाइते भएका थिए भने बेन गुरियन विमानस्थल केही समयका लागि अवरुद्ध भएको थियो । घटना लगत्तै हुथी सैन्य प्रवक्ताले घटनाको जिम्मेवारी लिँदै बेन गुरियन विमानस्थल अब हवाई यात्राको लागि सुरक्षित नभएको चेतावनी दिएका थिए । हुथीहरूले गाजामा जारी द्वन्द्वका बीच प्यालेस्टिनीहरूसँग ऐक्यबद्धता जनाउँदै इजरायलमाथि आक्रमण गरिरहेका छन् । यस हमलाले यस क्षेत्रमा थप तनाव बढाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७