रास्वपाको प्रश्न : आफ्नै सम्पत्ति सार्वजनिक नगर्ने प्रधानमन्त्रीले कस्तो सुशासन दिने हो ? 

‘जीवी राईलाई अहिलेसम्म किन पक्राउ नगरेको ?’


१८:४० बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्रिपरिषदका सदस्यको सम्पत्ति विवरण सार्वजनिक नगर्ने सरकारले कस्तो सुशासन दिने हो भन्दै प्रश्न गरेका छन् । आज (सोमबार) प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद गणेश पराजुलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कहिले सम्पत्ति विवरण सार्वजनिक गर्ने भनेर प्रश्न गरेका हुन् ।

‘वैशाखको दोस्रो हप्ता म मेरो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट गर्दैगर्दा अधिकांश कांग्रेस–एमालेलाई भोट दिने जनताको एउटै प्रश्न सोधिदिन मलाई आग्रह गर्नु भएको थियो । सुशासन र पारदर्शिताको खोक्रो नारा दिने हाम्रा प्रधानमन्त्रीले आफू र आफ्नो मन्त्रिपरिषद्को सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छैन भने उहाँले आफ्नो नेतृत्वमा बनाएको सुशासन आयोगले कस्तो सुशासन दिन्छ भनेर हामीले परिकल्पना गर्ने ?’, पराजुलीले प्रश्न गरे ।

उनले भने, ‘प्रधानमन्त्रीको नैतिकतामाथि उठेको प्रश्नको जवाफ म यस सम्मानित सदनमा सोध्न चाहन्छु– तपाई आफू र आफ्नो मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति विवरण कहिले सार्वजनिक गर्नुहुन्छ ?’ सुशासन ऐनले सार्वजनिक पदमा बसेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था गरे पनि वर्तमान मन्त्रिपरिषद्का कुनै पनि सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन ।

‘जीवी राईलाई अहिलेसम्म किन पक्राउ नगरेको ?’
सांसद  पराजुलीले सहकारी ठगी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङमाथि अनुसन्धान प्रक्रिया अघि नबढाएकोप्रति आपत्ति जनाएका छन् । उनले गुरुङलाई पक्राउ गरेर छानबिन प्रक्रिया किन अघि नबढाएको भन्दै प्रश्न गरेका छन्। उनले भने, ‘किन ठूला दलका नेताहरूलाई कारबाही गर्न हुँदैन भन्ने छ । उनलाई पनि पक्रेर कारबाही गर्ने हैसियत राख्नु हुन्छ कि राजनीतिक प्रतिशोध राख्ने उद्देश्य मात्रै हो ?’ उनले अहिलेसम्म कति सहकारी पीडितको रकम फिर्ता भयो देखाउन सरकारसँग माग गरेका छन् । कांग्रेसकै गृहमन्त्री भएको १० महिनासम्म पनि जीवी राई किन पक्राउ नगरेको भन्दै प्रश्न गरे ।

उनले थपे, ‘१६ अर्ब ९० करोडमध्ये जीवी राईले ७ अर्ब मात्रै आफूले लिएको र तिर्छु भनेको सुनियो । बाँकीको भागिदार को–को हुन् भन्ने अनुसन्धान हुँदा सबै उदाङ्गो हुने डरले पक्राउ नगरेको भन्ने भन्दैछन् जनता ।’ उनले एपीवान टेलिभिजनमा पनि जीवी राईको लगानी रहेको तथ्य पुष्टि भइसकेको भन्दै सरकार ढल्ने डरले छानबिन प्रक्रिया अघि नबढाएको हो ? भन्दै प्रश्न गरेका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७