महानगरले ‘ज्यादती’ गरेको भन्दै कवाड व्यवसायीले गुहारे मन्त्री


२०:०५ बजे

काठमाडौं । कवाड व्यवसायीमाथि काठमाडौं महानगरपालिकाले चलाएको डोजरबाट हुन गएको क्षतिबारे व्यवसायीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई ‘ब्रिफिङ’ गरेका छन् । कवाड व्यवसायी संघर्ष समितिका संयोजक रामकेवल गुप्ता रौनियार, कवाड व्यवसायी नेता ओमप्रकाश सिंह, मनोहरप्रसाद चौधरी, सुरेश शाह र सरोज श्रेष्ठले मन्त्री गुप्तालाई भेटेर यस्तो ब्रिफिङ गरेका हुन् ।

अध्यक्ष गुप्ताका अनुसार महानगरले विगत १८ महिनादेखि नगरप्रहरी परिचालन गरी कवाड व्यवसायी, संकलक मजदुरमाथि कुटपिट गर्ने, अपहरण गर्ने, कवाड व्यवसायका संरचना भत्काउने, संकलक मजदुरका साइकल र समान जफत गर्ने काम गरिरहेको छ । ‘नगर प्रहरीको कुटपिटका कारण कवाड व्यवसायी र संकलकको टाउको फुटेको र अंगभंग भएको छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले गरिब जनता गरिखाने वर्गलाई हटाउने खोजेको छ । यो प्रकारको महानगरको गुण्डागर्दी ज्यादतीलाई तत्काल रोक्न लगाई व्यवसायीको जिउधनको रक्षाका लागि मन्त्रीलाई ब्रिफिङ गरेका हौं’, उनले भने । अध्यक्ष गुप्ताका अनुसार ब्रिफिङपछि मन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७