प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


२०८२ बैशाख ३१ बुधबार १७:०७ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। आज (बुधबार) राति ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी प्रधानमन्त्रीबाट बैठक आह्वान भएको उनको सचिवालयले जनाएको छ । 

सोमबार बस्न नसकेको बैठक आजका लागि बोलाइएको हो। आजको बैठकले गभर्नर नियुक्तिको लागि गठित सिफारिस समितिमा एक जना सदस्य नियुक्त गर्ने सम्भावना छ। समितिका सदस्य डा. विश्व पौडेलले राजीनामा दिएपछि सिफारिस समितिको एकपद रिक्त छ।  प्रमुख सत्तारुढ दल कांग्रेस एमालेबीच विश्व पौडेललाई गभर्नर बनाउने आन्तरिक सहमती भइसकेको छ। पछिल्लो केही समययता गभर्नर नियुक्तिको विषय पेचिलो बन्दै गएको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७