रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको मुद्दा न्यायाधीश सुनिल पोखरेलको इजलासमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई रिहा गर्नुपर्ने रिट निवेदनमाथि आज (बुधबार) सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। बुधबार सर्वोच्च अदालतले निवेदनको सुनुवाइको लागि न्यायाधीश सुनिल पोखरेलको इजलास तोकेको छ।
प्रारम्भिक सुनुवाइ पछि अदालतले उनलाई थुनुवामा राख्नुपर्ने कारण पेस गर्न सरकार र गृह प्रशासनलाई आदेश दिन सक्नेछ । मिश्रकी पत्नि सारिका कार्कीले गैरकानुनी थुनामा राखिएको भन्दै मंगलबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। उने मिश्रलाई पक्राउ गर्ने प्रहरी कार्यालयदेखि थुनामा राख्न अनुमति दिने जिल्ला अदालत समेतलाई विपक्षी बनाउँदै तत्काल रिहा गर्न आदेश माग गरेकी छन्।
१५ चैतमा तीनकुनमा भएको राजावादीको प्रदर्शनपछि प्रहरीले सोही दिन मिश्रलाई पक्राउ गरेको थियो। राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मिश्रमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। मंगलबार उनलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।