रविन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सकियो सुनुवाइ, आजै आदेश


२०८२ बैशाख ३१ बुधबार १५:२० बजे
फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सकिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा मिश्रले दायर गरेको रिटमाथि सुनुवाइ सकिएको हो । रिटमाथिको सुनुवाइ सकिएकाले आजै आदेश आउने सम्भावना  छ ।

मंगलबार मिश्रको तर्फबाट उनकी श्रीमती सरिका कार्कीले आफ्ना श्रीमानलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै रिट दायर गरेकी हुन् । गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा अराजक गतिविधि गरेको आरोपमा उनी पक्राउ परेका थिए । 

उनीसँगै पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणा र स्वागत नेपाल छुटिसकेका छन् । दुवै जना हाजिर  जमानीमा रिहा भएका हुन् । राजावादीको प्रदर्शनले हिंसात्मक रुप लिँदा एक पत्रकारसहित दुईजनाको ज्यान गएको थियो भने भौतिक संरचनामा ठूलो क्षति भएको थियो ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७