संवैधानिक निकायको नियुक्ति विवादमा आज पनि सुनुवाइ


२०८२ जेठ १ बिहीबार १९:३९ बजे

काठमाडौं । संवैधानिक निकायमा ५२ जनाको नियुक्ति विवादमा आज (बिहीबार) पनि सुनुवाइ हुने भएको छ।  वैशाख ३० गते हेर्दाहेर्दैमा राखिएको मुद्दामा संवैधानिक इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह, न्यायाधीशहरू सपना मल्ल प्रधान, डा.मनोजकुमार शर्मा, डा.कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ भइरहेको हो।

२०७७ मंसिर ३० र त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा अध्यादेश जारी गरी पटक–पटक गरी  विभिन्न संवैधानिक निकायमा ५२ जना पदाधिकारी तथा सदस्य नियुक्त भएका थिए ।

प्रतिनिधिसभा विघटन भएका बेला संवैधानिक सुनुवाइबिना नै संवैधानिक निकायमा नियुक्ति र सपथ गराउनु गैरसंवैधानिक भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी,अधिवक्ता ओपप्रकाश अर्याल,सम्रित खरेललगायतले ५२ जना पदाधिकारीहरूको नियुक्ति असंवैधानिक रहेको दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।  रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र संवैधानिक परिषद्लाई विपक्षी बनाइएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७